0

राप्रपा नेपाल भलाम गाउँ इकाई कमिटीको शनिबार भलाममा भएको प्रथम अधिवेशनले रमनबहादुर बस्नेतको अध्यक्षतामा १६ सदस्यीय भलाम गाउँ इकाई कमिटी गठन गरेको छ । राप्रपा नेपाल कास्कीको संगठन विस्तारको क्रममा गठित कमिटीको उपाध्यक्षमा लोकबहादुर जि.सी, कृष्णबहादुर के.सी, शोभा कार्की, सचिवमा सूर्य वास्तोला ‘अतित’, सहसचिवमा अनिल के.सी, नरेश खत्री, बलराम खत्री, सोमबहादुर बस्नेत, कोषाध्यक्षमा तेजबहादुर बस्नेत, सदस्यहरुमा नेत्रबहादुर बस्नेत, निर्मल खत्री, विष्णुबहादुर खत्री, देउबहादुर नेपाली, कमला खत्री, ऋषिमाया पौडेल चयभएका छन् । कार्यक्रममा बोल्दै राप्रपा नेपाल कास्कीका जिल्ला अध्यक्ष जयलाल पुनले राष्ट्रियता संकटमा पर्दै गएको यस घडीमा राष्ट्रियता जोगाउनु पर्ने आवश्यक्ता औंल्याउँँदै  राजादेखी माओवादीसम्म अटाउने संविधान लेखिनुपर्नेमा जोड दिए । राप्रपा नेपाल भलाम गाउँ इकाई कमिटीका अध्यक्ष रमनबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नेत्रबहादुर बस्नेत, शिक्षक परिषद्का केन्द्रिय सदस्य तथा अञ्चल प्रमुख विष्णुबहादुर खत्री, पर्यटन यातायात समितिका महासचिव रमेशजंग खत्री, युवा व्यवसायी निर्मल खत्री, सचिव सूर्य वास्तोला लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
यसैबीच, अखण्ड नेपाल पार्टीबाट निर्मल खत्री, सोमबहादुर बस्नेतसहित ऋषिमाया पौडेल, दीपक केसी लगायत राप्रपा नेपालमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेका सबैलाई पार्टीका कास्की अध्यक्ष जयलाल पुनले टीका, खादा र अवीर लगाएर पार्टीमा स्वागत गरेको बताइन्छ ।

Post a Comment

 
Top