0

पत्रकार महासंघ कास्कीको निर्माणाधिन भवनका लागि सहयोग आउनेक्रम जारी छ । यसैक्रममा वटरफ्लाई फाउण्डेशन नेपालले शनिबार आयोजना गरेको एक कार्यक्रममा लेकसाईडका विभिन्न संघसंस्था तथा आमा समूहले नेपालरुपमा रकम सहयोग गरेका छन् । वटरफ्लाई फाउण्डेशनले नगद रु २५ हजार, एविसिका संचालक हरि पहारीले नगद रु १० हजार, बाहितकारी परियोजनाले नगद रु १० हजार वटरफ्लाई होटलले १५ हजार, मम्स् गाडेन होटलका संचालक दिपक श्रेष्ठले नगद रु ५ हजार र विजिबि क्याफेले ५ हजार प्रदान गरेका थिए । यस्तै पत्रकार नरहरि पौडेलले ५ हजार १ सय ५१ दिने घोषण र जरेवर उज्वल दिदीवहीनी आमा समूहले ५ हजार १ सय ५५ दिने घोषण गरेको समूहकी उपाध्यक्ष ईन्द्रीरा गैरेले बताईन् । त्यसैगरी जगदम्म्वा आमा समुहले पनि ५ हजार दिने घोषण गरेको हो ।
त्यसैगरी सोही अवसरमा वटरफ्लाई फाउण्डेशनले शिशु स्याहारलाई नगद रु ८० हजार प्रदान गरेको थियो । वटरफ्लाई फाउण्डेशनले वल्ड क्यान्सर पिडित विद्यार्थी टोरेस खड्कालाई ५० हजार, नेपाल पत्रकार महासंघ नेपाल कास्कीका उपाध्यक्ष तथा डनन्यूजका सम्पादक राजेन्द्र अधिकारीद्धारा नगद रु १ हजार ५५, फाउण्डेशनद्धारानै पोखार वृद्धाआश्रमलाई १० हजार प्रदान गरेको थियो । कार्यक्रममा स्वर्गीय टिलराम पहारीको स्मृतिमा उनकी छोरीहरु दुर्गा पहारी, अनिता पहारीद्धारा तालवहारी विद्यालयलाई ५१ हजार र पहारी कुल सरक्षणलाई ५१ हजार प्रदान गरिएको हो । त्यस्तै फाण्डेशनद्धारा नौलो घुम्तीलाई ३३ हजार ३३ रुपैया प्रदान गरिएको थियो । कार्यक्रममा पोखरा उपमहानगरपालिका प्रमुख झलकराम अधिकारी, पोखरा पर्यटन परिषदका अध्यक्ष सूर्यवहादुर भुजेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, वटरफ्लाई फाउण्डेशनका अध्यक्ष गोविन्दराज पहारी,  जगदम्वा आमा समूहकी अध्यक्ष दुर्गा देवी पहारी, फाउण्डेशनका सदस्य कृष्णप्रसाद वाँस्तोला लगायतकाले बोलेका थिए

Post a Comment

 
Top