अन्तर्गाविसस्तरीय भलिबल प्रतियोगिता शुरु
कास्की जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा शनिबारदेखि अन्तरगाविस भलिबल प्रतियोगिता–२०७० प्रारम्भ भएको छ । तेस्रो वृहत् खेलकुद महोत्सवअन्तर्गतको प्रतियोगितामा ३३ टीमको सहभागिता रहेको छ ।
शनिबार १० खेल सम्पन्न भएकोमा सैमराङ गाविस, घान्द्रुक, आर्वाविजय, सिन्दुजुरे, ल्वाङघलेल, भलाम, पार्चे, नामार्जुङ, अर्मला र पुम्दीभुम्दी गाविस विजयी भएका छन्। बेस्ट अफ थ्री का आधारमा खेलाइएको पहिलो खेलमा सैमराङ गाविसले लाहाचोकलाई २५–१६ र २५–१२, दोस्रो खेलमा घान्द्रुकले रूपाकोटलाई २५–२१ र २५–१२ ले पराजित ग¥यो । तेस्रो खेलमा सिल्दुुजुरेले निर्मलपोखरीबाट वाकओभर पायो ।
चौथो खेलमा आर्वाविजयले माझठानालाई २८–२६ र २५–२३, पाँचौं खेलमा ल्वाङघलेलले सिद्धलाई २५–२० र २५–१३ ले पराजित ग¥यो। छैटौं खेलमा भलामले कास्कीकोटबाट वाकओभर पायो । सातौं खेलमा पार्चेले पुरुन्चौरलाई २५–१४ र २५–१७, आठौं खेलमा नामार्जुङले चापाकोटलाई २५–१७ र २५–११, नवौं खेलमा अर्मलाले घाचोकलाई २५–२१ र २५–१५ तथा दशौं खेलमा पुम्दीभुम्दीले देउराली गाविसलाई २५–१३ र २५–२२ ले पराजित ग¥यो । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले कास्की जिल्लाले वर्षमा सबैभन्दा धेरै प्रतियोगिता सञ्चालन गरेकोले राष्ट्रिय खेलकुद परिषद्ले नेपालमा सबैभन्दा धेरै लगानी कास्कीमै गरेको दाबी गरे । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Post a Comment