0
भरतपुरस्थित बसपार्क आसपासका क्षेत्रमा अवैध यौनधन्दा चलाउने गरिएको गुनासो बढेपछि चितवन प्रहरीले आज केही होटलमा छापा मारेको छ । छापा मार्दा २ महिला र ३ जना पुरुष आपत्तिजनक अवस्थामा फेला परेको र उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका नायव उपरीक्षक सञ्जय राउतले जानकारी दिए ।  नियन्त्रणमा लिइएका दुई महिला मध्ये एक लजकै सञ्चालक हुन् । प्रहरीले बसपार्कसँगै रहेको अविन एण्ड अनिल होटल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

Post a Comment

 
Top